Gold
Bangad salyan

वडा अध्यक्ष कुटपिटमा विप्लवले जिम्मा लिदै भन्यो यो पहिलो कारबाही हो अब थप सुरु हुन्छ ,

असार १७ ,दाङ्ग – दाङको शान्तिनगर गाउँपालिकाका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव पार्टीले यो वडा अध्यक्षमाथि आफुहरुको पहिलो चरणको सामाजिक कारबाही भएको बताएको छ।

नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले विज्ञप्ति जारि गर्दै भनेका छन् ,जनताको माग अनुसार विभिनन सातवटा आरोपमा कारबाही गरिएको छ ।

वडा अध्यक्षलाई विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

मंगलबार बिहान साढे ११ बजे वडा शान्तिनगर गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै ५/७ जनाको समूह आएर रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो।

उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो। तर थप उपचारका बाहिर लैजानुपर्ने भएकाले काठमाडौं लैजाने तयारी भएको गाउँपालिकका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए । उनको टाउको र हातमा गम्भीर चोट लागेको छ ।