गृहमन्त्री ओलीको विपक्षिमा ओलीको अब मन्त्रिमण्डल पनि संकटमा ,,
असार १८ ,काठमान्डौ – नेकपा भित्र प्रधानमन्त्री ओलीलाई अन्तरसंघर्षमा साथ् दिदै आईरहेका गृहमन्त्रि राम बहादुर थापा बादलले पनि बुधबार देखि ओलीको साथ् छोडेका छन्।
बुधबार बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका थिएनन् ।
बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत देखिन्थे ,।
यस अघि ओलीले गरेको अध्यादेस जारिमा नेकपा नेता विपक्षिमा भएर ओलीले राजिनामा दिनु पर्ने माग गर्दै आईरहेका थिए ।
अहिले राजिनमाको कुनै जरुरि नरहेको बादलले बोलेका अहिले असाधारण परिस्थिति आएकाले पार्टीको बहुमतले गर्ने निर्णय सबैले मानेर अघि बढ्नुपर्ने गृहमन्त्री थापाले झम्सिखेलको छलफलमा धारण राखेका छन् ।
साथै उनले अहिलेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरु बताउँछन् ।
आफु मन्त्रि पदमा भएकाले सुरुमा प्रधानमन्त्रीको विपक्षमा खुल्न अप्ठ्यारो भएको झम्सीखेल बैठकमा सहभागी मन्त्रीहरुले बताएका थिए ।
नेकपा,बरिस्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष वामदेव गौतम ,झलनाथ खानाल लगायत मन्त्री पदमा झम्सीखेलमा गृहमन्त्री थापाका साथै बहालवाला मन्त्रीहरु, घनश्याम भुसाल, शक्ति बस्नेत र वर्षमान पुनसमेत सहभागी थिए ।
प्रधानमन्त्रीको विपक्षमा यसरी मन्त्रीहरु नै खुलेर लागेपछि अब केपी ओली पार्टीमा मात्र नभई क्याबिनेटमा समेत नैतिक संकटमा परेका छन् ।
गृहमन्त्री थापालाई सचिवालयमा ओलीले सधैं आफ्नो पक्षमा राख्दै आएका थिए ।