Gold

मेलम्चीकाे सुरुङमा बेपत्ता भएका इञ्जिनियरको शव फेला,

Naumule Migrate

असार ३१ ,काठमान्डौ – मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाइञ्जिनीयरको शव फेला परेको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका,११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका एसपी उज्जवल महर्जनले जानकारी दिए।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत सवारी चालक अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए ।

Naumule Badhipahiro