सीमावर्ती क्षेत्रमा प्रहरीले हतियारधारीलाई गोलि हान्यो दुई जना घाईते ,

साउन २ ,विराटनगर – सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका,३ मा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

चेकजाँचका लागि खटिएको प्रहरी टोलीमा तस्करले गोली चलाएपछि प्रहरीलेले जवाफी फायर गरेको थियो।

प्रहरीको गोलि लागि दुई जना घाईते भएका छन् अन्य तिन जना भारत तर्फ फरार भएका छन्।

घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ।

तस्करको साथबाट प्रहरीले अक् थान पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बिआर ३८ भि ३५२८ र अनटेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद गरेको छ ।

घाइते भएका तस्कर यो भन्दा अगाडीपनि चोरी कारोवार, हतियारको तस्करी घटनाम संलग्न रहेको प्रहरीले बताएको छ।