सिन्धुपाल्चोकका बाढी पहिरोले क्षति ग्रस्त भएका पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने ,

साउन २ ,काठमान्डौ – सिन्धुपाल्चोकका बाढी पहिरोले क्षति ग्रस्त भएका पीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने भएको छ।

स्थानीय तहाले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती बिपद ब्यबस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो।

तेस्तै समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तत्काल क्षतिको अवस्था हेरी पिडितलाई राहत उपलब्ध गराउन पनि लागेको छ ।

समितिले बाहर्बिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

सो रकमबाट स्थानिय तहले कार्यबिधि अनुसार राहत, घाईतेको उपचार, पुनस्थापना लगायतका काम गर्न सक्नेछन । मृतक परिवारलाई प्रदेशले उपलब्ध गराउने १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ ।

सुक्रबार बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेश सभा सदस्यलाई मनोनित गरेको छ ।

समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जम्कट्टेलले जानकारी दिएका हुन् ।

बैठकमा उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री अरुण नेपाल, भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता ईन्द्र बानियाँलगायत मन्त्रालयका सचिबहरुको सहभागिता रहेको थियो ।