Gold
Bangad salyan

सरिता गिरीको ठाँउमा लिला सिटौला बनिन सांसद ,

साउन १२ ,काठमान्डौ – जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ ।

समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई ह्विप उल्लघन गरेको भन्दै निष्काशन पछि समानुपातिक तर्फा खस -आर्य समुहमा लिला सिटौलालाई पार्टीले सांसद चयन गरेको हो।

नेपालले जारि गरेको नँया नक्सा संसोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशन सरिता गिरीले अस्विकार गरेकी थिइन्।

गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले सिटौला सांसद निर्वाचित भएको र उनलाई सपथ खुवाउने तयारि भईरहेको बताए।