Gold
Bangad salyan

पर्सामा थप ४५ जनामा कोरोना पुस्टी., मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित,

साउन १८ ,वीरगन्ज – नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीमा पनि कोरोना पुस्टि भ एको छ ।प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् ।

सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको उपाध्याले जनाए ।