बाँकेमा आज देखि निषेधाज्ञा जारी,
साउन १८ ,काठमान्डौ – पछिल्लो समययता बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।
बाँकेको त्रिभुवन चोकमा रहेको मिठाई पशले आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृतसँग कन्ट्याक्ट टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा ३० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको छ । जसमा शाखा अधिकृत पनि छन् ।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।
तेस्तै अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।