Gold

सिन्धुपाल्चोक लिदी पहिरोमा १६ जनाको शव फेला २३ जना अझै वेपत्ता ,

Naumule Migrate

साउन ३१ , सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदी पहिरोमा वेपत्ता हुनेको संख्या १६ पुगेको छ।

शुक्रबार बिहान गएको पहिरोमा परि ३८ जना वेपत्ता भएका थिए जसमा २३ जनाको शव अझै फेला परेको छैन।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुने १६ जनाको सनाखत भएका छ ।

पहिरो गएको स्थानमा अहिलेपनि सिमसिमे पानि परेको हुनाले शव खोज्नमा प्रहरीलाई निकै कस्ट भएको छ।

,पहिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले बेपत्ताहरुको सशस्त्र प्रहरी,नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ ।

मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

 

Naumule Badhipahiro