Gold

कोरोनाबाट विराटनगरमा एक महिलाको मृत्यु ,

Naumule Migrate

साउन ३२ ,मोरङ – कोरोनाबाट विराटनगरमा एक ५० वर्षीय महिलाको मृत्यु भएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए।

पछिल्लो ४,५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो ।

महिलाको भारतमा मुटुको उपचार हुँदै आएको थियो भने फोक्सो तथा थाइरोइडको समस्या रहेको सापकोले बताए।

Naumule Badhipahiro