Gold
Bangad salyan

लिदी पहिरो मृतक परिवारलाई १ लाख राहत उपलब्ध गराईने ,

साउन ३२ ,सिन्धुपाल्चोक लिदी पहिरोमा ज्यान गुमाउने मृतक परिवारलाई १ लाख राहत उपलब्ध गराईने भएको छ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

काजकिरियाको लागि तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको पनि गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पहिरोमा परि दुवै अभिभावक गुमाउने गरेका बालबालिकालाई निशुल्क कक्षा १२ सम्म पधाईने निर्णय भएको पनि श्रेष्ठले बताए।

सिन्धुपाल्चोकको जुगल गाँउपालिकामा शुक्रबार पहिरोमा परि ३८ जना वेपत्ता छन् ति मध्ये १८ जनाको शव फेला परेको छ भने ३७ बढी घर पुरीएका छन्।

तेस्तै जुगल गाउँपालिका,२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले १ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । प

हिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले बेपत्ताहरुको सशस्त्र प्रहरी,नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ ।

पहिरो क्षेत्रमा अहिले पनि सिमसिमे पानि परिरहेको हुनाले शव खोजीमा कस्टकर बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए।