धनुषा र सर्लाहीमा कोरोनाबाट दुई जनाको मृत्यु ,
भदौ ५ ,काठमान्डौ – धनुषा – धनुषा र सर्लाहीमा गरि कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ।
धनुषा नगराईन नगरपालिका वडान ३ स्थित फुलगामाका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ,बिहिबार स्वास्थ्यमा समस्या देखिएपछि उनको अवस्थामा झन् जटिल भएको थियो।
प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्दा उपचार सम्भव नदेखीएपछि अस्पतालले काठमान्डौ रिफर गरेको थियो ,बाटोमै उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश,२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले पुष्टि गरे।
उनको रिपोर्ट आज पोजेटिभ आएको थियो भने मृतक मुटु तथा थाइराइडका बिरामी रहेको झाले बताए । तेस्तै सर्लाहीको मलंगवा नगरपालिका वडानम्बर ९ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको ललितपुर पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साउन ३१ गते अस्पताल भर्ना भएका उनीमाथि निमोनियाको समस्या देखिएको अस्पताल श्रोतले जनाएको छ।

