रिपोर्ट नआउदै घर पठाईएका बनगाड कुपिण्डे नगरपालिका ११ का एक ब्याक्तिमा कोरोना पोजेटिभ,
भदौ ५ ,सल्यान – रिपोर्ट नआउदै घर पठाएका कर्णाली प्रदेश सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ का एक जनामा कोरोना भाईरस संक्रमण पुस्टि भएको छ।
गत हप्ता नगरपालिकाले देवस्थलमा स्वाब परिक्षण गरि सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालाउनमा पठाएको थियो।
रिपोर्ट आउन ढिला भएपछि उनलाई घर पठाईएको थियो ,यता भने १८ वर्षीय उनको रिपोर्ट पोजेटिभ देखिएको हो।
संक्रमितलाई अहिले नगरपालिकाले आईसोलेसनमा लागिसकेको छ ,भने वडान ११ को लाछुखाले टोल स्थानीयले सिल गरेका छन्।
संक्रमित भारतको बम्बैबाट आएको र उनले गाँउमा अन्य केहि ब्याक्तिसंग पनी घुलमिल गरेको पाईएको स्थानीय वडा सदस्य मोहलाल रोकाले जानकारी दिए।
संक्रमितको कन्ट्रयाकमा आएकाहरुको स्वाब संकलन गर्न ६ वा ७ गते स्वास्थ्यकर्मी पठाउने तयारि गरेको नगरपालिकाका मेयर गोविन्द पुनले बताए। नगरपालिकाको वडान ११ मा भने संक्रमित फेला परेको यो पहिलो रेकर्ड हो।

