Gold
Bangad salyan

भारतमा कोरोनाबाट दैनिक ९ सयको मृत्यु विश्वकै तेश्रो शिर्षमा ,

भदौ ७ ,भारत -भारतमा पछिल्लो २४ घन्टामा ७० हजार भन्दा बढीमा कोरोना संक्रमण पुस्टि भएको छ।

भारतीय कल्याण मन्त्रालयका अनुसार ७० हजार ६८ जनामा कोरोना देखिएको हो। तेस्तै कोरोनाका कारण भारतमा २४ घन्टामा ९१८ जनाको ज्यान गएको छ।

भारतमा कुल कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ भने हाल सम्म ५६ हजार ८४६ जनाको मृत्यु भैसकेको छ।

कुल संक्रमित र कुल मृत्युको शिर्षमा भारत विश्वको तिन नम्बरमा देखिएको हो। हाल सम्म विश्वमा कोरोनाबाट २ करोड ३३ लाख ५७ हजार बढीमा संक्रमण फैलीएको छ भने ८ लाख ८ हजार हजार ३८० जनाको ज्याई गएको छ।

तेस्तै नेपालमा आहाल सम्म कोरोना संक्रमित ३१ हजार ११७ पुगेका छन् भने १४६ जनाको मृत्यु भईसकेको छ।