पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरु होटल क्वारेन्टिनमा बस्नु पर्दैन मन्त्री भट्टराई,
भदौ ८ ,काठमान्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने बताएका छन् ।
विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् ।
सरकारले विभिन्न देशबाट उद्धार गरिएका नागरिकलाई ७ दिन होटेल क्वारिनटिनमा राख्ने बताएको थियो। पीसीआर गरेका यात्रुले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ ।
नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ ‘नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान मिल्ने भट्टराईले बताए ।
तेस्तै मन्त्रि भट्टराईका अनुसार कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताए ।
पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि १६ गतेबाट उद्धार उडान सुरु हुने छ । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाई छ ।
विदेशमा अलपत्र परेर स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।
अर्को देशबाट आएर क्वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च बेहाेर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै भट्टराईले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टाइनमा बस्न सकिने बताए ।
एक हप्ताको र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने ,सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हाराहारीमा हुन्छ ।
स्वास्थ्य मापदण्डले भने जस्तै सबै कुरा भएका गेट कम्पाउण्ड टिभी आईफ़ाई अनिवार्य दैनिक ४ पटक खान खाजा दिने ‘एट्याच ट्वाइलेट र बाथरुम तातोपानी भएका होटेल संक्रमितलाई अनिवार्य छ उनले भने।
मान्छेहरुले भनेजस्तै सरकारले खर्च व्यहोर्नुपर्छ भनेर हो सरकारले व्यहोर्ने हो तर कसका लागि भन्दा केहि गरि नसक्ने ,टिकट काट्न नसक्ने अलपत्र परेका र रोजगार विभिन् भ एकालाई हो भट्टराईले भने । खाडी मुलुकमा विगत ८ महिनाबाट पर्या सबै नेपालि वेरोजगार छन्।

