Gold
Bangad salyan

आज पनि ८५५ जना कोरोनाका बिरामी फेला ,

भदौ ९ ,काठमान्डौ – नेपालमा आज पनि ८५५ जना कोरोनाका बिरामी फेला परेका छन्,जसमा ५८४ पुरुष र २७१ महिला रहेका छन् ।

आजको पीसीआर परिक्षण १० हजार ४५३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा ३१३ जना डिस्चार्ज भए पछि कुल १९ हजार ११९ जनाले कोरोना जितेका छन्।

अब भने देशभर कोरोनाको संख्या ३३ हजार ५३३ पुगेको छ जसमा कुल आईसोलेसनमा १४ हजार २५० रहेका छन्।

तेसैगरी संथागत आईसोलेसनमा ८ हजार ५८१ जना रहेका छन् भने होम आईसोलेसनमा ५ हजार ५६९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।