Gold
Bangad salyan

कोरोनाबाट कांग्रेस नेता गोविन्द रञ्‍जितको मृत्यु ,

भदौ ९ ,काठमान्डौ – नेपाली कांग्रेसका नेता काठमाडौं महानगरपालिका वडान २१ कार्यसमितिका सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा उपचारको क्रममा ६७ वर्षीय उनको मंमंगलबार बिहान मृत्यु भएको हो ।

गत साउन २७ गते कोरोना पुष्टि भएका उनलाई साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

मुटुरोग, प्रेसर ,सुगरले स्वास्थ्यमा जटिल देखिएपछि ३२ गतेदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला उनको मंगलबार निधन भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए । रञ्जितको निधनमा नेपालि कांग्रेसका नेता कार्यकर्ताले दुख ब्यक्त गरेका छन्।