कर्णाली प्रदेशमा आज थपिए २६ जना नँया कोरोना संक्रमित ,
भदौ ११ ,सुर्खेत – कर्णालीमा विगत २४ घन्टामा २६ जना नँया कोरोना संक्रमित थपिएका छन्।जसमा सुर्खेतमा ९ , दैलेखमा १५ र जाजरकोटमा ५ जना संक्रमित थपिएका हुन्।
तेस्तै कर्णाली प्रदेशमा हाल ३७२ जना सक्रिय संक्रमितको उपचार भईरहेको छ भने होम आईसोलेसनमा २७ जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानाकरी दिएका हुन।
कर्णालीमा हाल सम्म क्वारिनटिनमा ५०१ रहेका छन् भने २०२५ जना डिस्चार्ज भईसकेका छन्। कर्णालीमा हाल आईसोलेसनमा संक्रमित छैनन् ,हुम्ला जिल्ला भने कोरोना मुक्त भईसकेको छ।

