नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा, (सूचीसहित)
भदौ १५ ,काठमान्डौ – नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरूवा भएको छ।
प्रहरी कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो।
गोबिन्द थापा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमान्डौबाट जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्यूरिटी अफिसर) का रुपमा कार्यरत नरेशराज सुवेदीलाई रोल्पा सरुवा गरिएको छ ।







