Gold

७० करोड काण्ड एक हप्ताभित्र अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन,

Naumule Migrate

अख्तियारले भने बाँस्कोटालाई उन्मुक्ति दिने तयारि गरेको छ,

भदौ १७ ,काठमान्डौ – ७० करोड अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई एक हप्ता भित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफूले अख्तियारलाई सघाउने बताएका छन्।

अख्तियारले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक सूचनामा भएको ७० करोड कमिसन बार्गेनिङ्गको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

तर काम विशेषले मिश्र जापानमा गएको भन्दै आफुले पनि विज्ञप्ति नेकालेका छन्। उनले अख्तियारको अनुसन्धान अधिकृतबीच नियमित कुराकानी भईरहेको र राजनीतिक आवरणमा भएको भ्रस्टचारिबाट कोहिपनि उम्कन नसक्ने बताएका छन्।

तर अख्तियारले भने तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाले ७० करोड कमिसनको टेप रेकर्ड मिश्रले सार्वजनिक गरेका थिए।

अडियो सार्वजानिक भएसंगै बाँस्कोटाले सञ्चारमन्त्रिबाट राजिनामा दिएका थिए। बाँसकोटाले कसैले आफ्नो बोलिको क्यारिकेचर गरेर फसाउन लागिपरेको भन्दै उल्टै काठमान्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्।

तर राजनीतिक खोल ओढेर भ्रस्टचारजस्तो जघन्य पराधमा संलग्न भएका उनि अहिले सामाजिक सञ्जालमा सक्रिय छन् ,बलको उल्टै ७० करोड कमिसन खाएको प्रामाणित नभए रेकर्ड गर्ने ब्याक्तिले कति दिने हो भन्दै अभिव्यक्ति दिदै आईरहेका छन्।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने बाँस्कोटालाई उन्मुक्ति दिने तयारि गरेको छ। ७० करोड रुपैयाँ घूस बार्गेनिङ्ग गरिएको रेकर्ड सार्वजानिक भएपनि ‘बाँस्कोटाले घूस लिए,खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो । आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्।

Naumule Badhipahiro