Gold
Bangad salyan

नारायण काजी श्रेष्ठको चुनावी प्रतिबद्धता पुरा गोरखा बारपाक सुलिकोटमा सुरु भयो प्राविधिक शिक्षालय ,

भदौ १९ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पार्टी प्रवक्ता नारायण काजि श्रेष्ठको पहलमा गोरखा सुलिकोट गाउँपालीकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुरु भएको छ।

पुर्व उपप्रधानमन्त्री प्रवक्ता श्रेष्ठले आफुले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेपछि शौरपानी ग्याजी फाँटमा प्राविधिक शिक्षा सन्चालन भएको हो ।

अब भने जनताले गाउँमै बसेर कृषि जेटिए पढ्न पाउने भएका छन् । यदपि श्रेष्ठले चुनाव हारेपनि आफुले जनतासामु बोलेका वाचा पुरा गरेको भन्दै गोरखा बारपाक सुलिकोट गाउँपालीकाका जनता खुसि हुँदै श्रेष्ठलाई बधाई दिएका छन्।

साथै यो वर्षदेखिनै बारपाक पोलीटेक्निकल ईन्च्युचिटले तिन वर्षे डिप्लोमा कृषि विषयमा भर्ना आवहान गरेको छ, उक्त कलेज गोरखाकै नमुना कलेज हो ।

बारपाक सुलिकोट गाउँपालीकाका अध्यक्ष बिष्णु भट्टका अनुसार गाउँपालीकाले जग्गा किनेर कलेजको नाउम पास गरेर दिएको छ ।

नारायण काजी श्रेष्ठले शिक्षा मन्त्रि गिरीराज पोख्रेललाई निर्देशन दियर यो वर्षदेखिनै कलेजमा सैदान्तिक र प्रयोगात्मक प्राविधिक शिक्षालय सुरु गरिएको हो।

अन्य नेता मन्त्रिले चुनाव जिते पनि विकास गर्दैनन् तर चुनाव हारेपनि आफ्नो वाचा पुरा गरेको भन्दै जनताले नेता होस् त नारायण काजि जस्तो भनेर सहरानिय गरेका छन्।