खतिवडाले राजीनामा दिएपछि अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई ,
भदौ १९, काठमान्डौ – अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
अब भने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री को बन्ने भन्नेमा सबैको आम चासो देखिएको छ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।
पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।
खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए ।
राजिनामा दिदै खतिवडाले त्यसक्रममा उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको तथा पदमा रहँदा कुनै लाभ लिने निर्णय नगरेको बताए ।
प्रधानमन्त्री ओलीले पार्टीमा यति ठूलो बहस भइसकेपछि खतिवडाले नै राष्ट्रियसभा सदस्यमा आउने इच्छा व्यक्त नगरेको बताउदै अहिले सम्म गरेका कामप्रति धन्यवाद दिएका थिए ।
अब अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दाबेदार भनेका जनार्दन शर्मा ,विष्णु पौडेल ,वामदेव गौतम र देव्र्न्द्र पौडेल छन्। मन्त्रि हेरफेर गर्ने जिम्मा प्रधानमन्त्रीले पाएका छन्।

