उपत्यकामा सवारीसाधन पसल व्यवसायी खोल्ने तालिका सार्वजनिक यस्तो छ ,
भदौ २४ ,काठमान्डौ – उपत्यकामा गरिएको निषेधाज्ञालाई थप केहि मोडालिटी परिवर्तन गरेर खुकुलो बनाईएको छ। गत ३ गतेबाट गरिएको निषेधाज्ञामा केहि हेरफेर गरिएको छ भने ३१ गते सम्म निषेधाज्ञा जारि हुने छ।
तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले उपत्यकाभित्र के गर्ने के नगर्ने भन्ने बारेमा सुचना सहित जानकारी गरेको छ।
जसमा उपत्यकामा पहिले देखिने लागु भएको खुल्ला स्थानमा भिड भाड गर्न पाईने छैन जुलुस ,कार्यक्रम गर्न मिल्ने छैन ,पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।
ट्याक्सी चलाउन पाईने ,
उपत्यकाभित्र भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखि चलाउन सकिनेछ।
१६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।
सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा जोरबिजोरका आधारमा सञ्चालन हन पाउने छन् ।
पसल व्यवसायी गर्न बार अनुसार ,
तेस्तै उपत्यकामा पसल व्यवसायी गर्न बार अनुसार तोकीएको छ। अत्यावस्यक चिजका पसल भने जतिबेलापनि खोल्न पाईने छ। यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।
यस्तै निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।
यस्तै सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।
यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न सकिनेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोगल अनुसार अनलाईन कक्षा संचालन गर्न पाईने छ। विदेश जाने व्यक्तिहरुको लागि आवतजावत सहजीकरण गरिने छ।

