लकडाउनको उचित सदुपयोग गर्दै सांसद बिष्ट निरन्तर स्थलगत अनुगमनमा ,
भदौ २५ ,काठमान्डौ – कर्णाली प्रदेशसभा सदस्य माननिय ठम्मर बिष्टले आफ्नो निर्बाचन क्षेत्रमा चालु आर्थीक बर्ष २०७६ र ७७ मा निर्माधीन र संपन्न भएका पुर्बाधार आयोजनाहरुको अनुगमन र काम समयमै सम्पनन गर्न कार्वान्वयन स्थलमै पुगेर निर्देशन दिएका छन ।
उनले पहीलो चरणमा आफ्नो निर्बाचन क्षेत्रमा काम अघी बढी रहेका सडक, सिंचाइ, खानेपानी, स्कुल भवन, तट्बन्धन, बिद्युत, कृषि, पर्यटन लगाएतका क्षेत्रमा समेटेर अनुगमनलाई तिब्रता दिएका हुन ।
ति मध्य पनि उनको पहीलो प्राथामीकतामा सडक परेको छ । यही क्रमलाई निरन्तरमा दिदै उनले सिम्ता गाँउपालीकाका बिशेषगरी प्रदेशवाट कार्वान्वयन भैरहेका ठुला सडकहरुको अनुगमन गरेका छन ।
जसमध्ये गोजी ,देउली काफलकोट सडक अन्तर्गत त्यस सडकको जिम्मा लिएका इन्जिनीयर र निर्माण ब्यबसायीलाई साथमै लिएर कार्वान्वयन स्थलमा पुग्दा आसपासका जनता समेत स्वस्फूर्त रुपमा निर्मानाधीन स्थलमा अनुगमनमा सहभागी भएका थिए ।
करीब ५ करोडको ठेक्का टेन्डरमा काम भैरहेको उक्त सडकमा लकडाउनका कारणले सुरुवाति चरणमा काममा केही सुस्तता आए पनि अहीले काम अघी बढीरहेको पुर्बाधार बिकास सुर्खेतमा कार्यरत इन्जिनियर प्रेम पाण्डेले जानकारी दिए ।
देउली काफलकोट खण्ड अन्तर्गत सिर्पा खण्डको करीब दुई सय मिटरको चट्टानी भागमा काम भैरहेको र उक्त खण्ड सम्पन्न गर्न करीब एक महीना लाग्ने हाम्रो निर्माण सेवा कम्पनीका प्रतिनिधी भरत डाँगीले जानकारी गराए ।
अब यो खण्ड पुरा हुन बित्तीकै पल्लो सिम्ता काफलकोट नाहागाँउ सम्मका हजारौं जनता सडकको प्रत्यक्ष पहुंचमा आउने स्थानियबासीले प्रतिक्रिया दिए ।
यसै शीलशीलामा प्रदेशवाट ठुलो लगानीमा संपन्न भैरहेको गोजी पस्नाउला दुनी सडकको पनि सांसद बिष्टले अनुगमन गरेका छन ।
निर्माण ब्यबसायी, इन्जिनियर सहीत सो ठाउमा पुग्दा स्थानियबासी समेत हर्षबिभोरका साथ कार्वान्वयन स्थल पुगेका थिए ।
अहीले करीब ३ करोडको काम भैरहेको पस्नाउनला खण्डको काम संपन्न हुना बित्तिकै बिकट भनेर चिनिने खानीखोला आसपासको जनता प्रत्यक्ष सडकको पहुंचमा आउने भएकोले आफु प्राथामीकताका साथ लागीपरेको सांसद बिष्टले जानकारी गराए ।
अब केही खण्ड एक्स्ट्रा वाइडीङ हुना बित्तिकै गाडी सुचारु हुन सक्ने भनाई कार्यालय सुर्खेतमा कार्यरत इन्जिीनियर पारस डाङीले जानकारी गराए भने सुरुमा केही प्राबिधीक जटिलता आए पनि हामीहरु अहीले कामलाई बिलम्व हुन नदीने गरी लागी परेको कन्स्ट्रक्सन कंपनी एनएस बिल्डर्सका प्रतिनिधी नेत्र कार्कीेले जानकारी गराए ।
उक्त अनुगमनमा गाँउपालीकाका पदाधीकारीहरु लगाएत ,जनप्रतिनिधीहरु एबं पार्टीका अगुवाहरुको सहभागीता थियो । लकडाउनको नाममा देश नैं सुत्नु भन्दा कोभीड १९ को सम्पुर्ण मापदण्ड पुरा गरेर अत्यावश्यकीय कामहरुलाई रोक्न नहुने समेत बिष्टको जिकीर थियो ।

