Gold
Bangad salyan

कोरोना पुष्टि भएका कोईरालाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना ,

भदौ ३२ ,काठमान्डौ – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाई अस्पताल भर्ना गरिएको छ । गत ३२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनि घरको आईसोलेसनमा बस्दै आईरहेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चावहितस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कोईरालालाई हिजोराति एक्कासी ज्वरो बढेको तिवारीले बताए ,अस्पातलका चिकित्सकका अनुसार कोईरालालाई निमोनिया भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।