भूकम्पले सिन्धुपाल्चोकमा थप जोखिम बढ्यो ,
भदौ ३१ ,काठमान्डौ – आज बिहान सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ५ः१९ बजे आएको भूकम्पले काठमाडौं उपत्यकामा ठुलो झट्का महसुस गरिएको थियो।
भूकम्पको झट्का आसपासका जिल्लामा समेत गएको छ। उपत्यकामा मस्त निद्रामा रहेका नागरिक आतिदै बाहिर निक्लने कोलाहल समेत गरेका थिए।
भूकम्पले सिन्धुपाल्चोक केन्द्रविन्दु गरेपछि हाल सम्म कुनै क्षतिविवरण आउन नसकेको जिल्ला प्रशाशन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
भूकम्पले सिन्धुपाल्चोकलाई थप जोखिम भने बनाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए।
उनका अनुसार बारम्बार बाढी पहिरो र भूकम्पले रस्ती बस्तिलाई थप जोखिममा पुर्याएको छ।,बाढीले गलेका बस्तिहरु स्थानहरु भूकम्पले हल्लाउदा झनै खतरा भने बढेको अधिकारीले बताए।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020

