Gold
Bangad salyan

सिन्धुपाल्चोकलाई कतिन्जेल भूकम्प र बाढीको त्रासमा राख्ने बस्ति सारौं जनार्दन शर्मा ,

भदौ ३१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकरले सिन्धुपाल्चोक जिल्लमा भूकम्पको केन्द्रविन्दुमा परेका बस्ती सार्न माग गरेका छन्।

सिन्धुपाल्चोकलाई कतिन्जेल भूकम्पको त्रास र पहिरिको जोखिममा बस्न बाध्य पार्ने शर्माले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

तेस्तै मनोबैज्ञानिक भय र जुकजुकी बाट समेत मुक्त गर्न भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सार्न आवस्यक रहेको शर्माको भनाई छ ।

आज बिहान सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएपछि स्थानीय त्रसित भएर बाहिर खेत बारीमा बस्न बाध्य भएका छन्।

खेत बारी घर पनि बढीले बगाउने गरेकैबेला थप भूकम्पले त्रसित बनाउँदा सिन्धुपाल्चोकका बस्ति जोखिममा परेका हुन्।