नारायणी नदिमा डुङ्गा डुब्दा एक जना वेपत्ता ,
भदौ ३१ ,नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन।
सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर निस्केका छन् ।
अन्दाजी ३२ वर्षका भारतीय ब्याक्ति वेपत्ता भएको खुलेको र उनको स्थायी ठेगाना पहिचान नखुलेको खोजि भैरहेको प्रहरी चौकी रामनगरले बताएको छ। नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको हो।
रबिन्द्र यादव,
नवलपरासी पश्चिम ,

