Gold
Bangad salyan

हवाई उडान अन्यौलमै ,

असोज १ ,काठमान्डौ – आजदेखि लामोदुरीका यातायात संचालनमा आएपनि हवाई उडानभने अझै अन्यौलमा छन्।

गत सोमबारको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत यात्रु राखेर उडान सुरु गर्न जानकारी गरेको थियो तर यो निर्णयमा वायु सेवा संचालनले असन्तुट जनाएक छन्।

तेस्तै वायु सेवा संघ संचालक संघ नेपालले ५० प्रतिशत यात्रु राखेर हवाई उडान संचालनमा ल्याउन नसकिने भन्दै विज्ञप्ति निकालेको छ।

छिमेकी मुलुक भारत लगायत अन्य मुलुक समेतबाट आन्तरिक उडानमा सामाजिक दुरी राखी ५० प्रतिशतमा यात्रु बोक्दा भाडा दोब्बर हुने र यात्रुलाई मर्का पर्नेहुँदा उडान खुल्नुको कुनै अर्थ नरहेको भन्दै पत्राचार गरेको हो।