राष्ट्रपतिबाट ५९४ जनालाई विभिन्न विधामा विभूषण,
असोज ३ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा आज ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसारभण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गरेकी हुन्।



