संघिय सांसद धुर्व शाहीको पहलमा लिफ्ट खानेपानी योजनाको सर्बेक्षण आजदेखि सुरु ,
असोज ३ ,सुर्खेत – नेकपा सुर्खेतका संघिय सांसद पार्टी अध्यक्ष धुर्व कुमार शाहीको पहलमा लिफ्ट खानेपानी योजनाको सर्बेक्षण गरिएको छ।
गुर्भाकोट नगरपालिका २ साबिकको मालारानी ८ मा मिड वस्ट इन्जिनियरिङ्ग कन्सल्टेन्स सुर्खेतले आज सर्वेक्षन गरेको हो।
सुर्खेत क्षेत्रन.१ का माननीय सांसद शाहीले संघिय सरकार बाट संचालन गरिने लिफ्ट खानेपानी योजनाको सर्वेक्षन परियोजना अगाडी बढेपछि मालारानी ,डाँडाडाबका बस्तीले वर्षौ देखि भोग्दै आएको खानेपानीको समस्या समधान हुने भन्दै स्थानिय हर्सित भएका छन्।
चुनावमा आफुले जनतालाई गरेको प्रतिवदता अनुसार शाही अहिले सुर्खेतका विभिन्न क्षेत्र ,वडा टोलमा अनुगमन सहित विकासका कार्यलाई तिब्र रुपमा अगाडी बढेका छन्। शाही विकास प्रेमी नेता रहेकको भन्दै सुर्खेत जनताले हार्दिक स्वागत गरेका छन्।

