Gold
Bangad salyan

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज,

असोज ३ ,काठमान्डौ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोइरालाको ११ औं दिनका दिन हिजो स्वाब संकलन परिक्षण गर्दा नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

कोरोना भाईरस संक्रमण देखिएपछि डाक्टरको सल्हाअनुसार होम आईसोलेसनमा बसेका कोईरालाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा क्रमि सुधार आएपछि कोइराला आज डिस्चार्ज भएको आफुले सामाजिक सञ्जालमा जानकारी गरेका छन्। तेस्तै आफ्नो स्वास्थ्यको चासो लिने सबै आम नेपाली सुभचिन्तक र उपचारमा संलग्न चिकित्सक ,नर्सलाई कोईरालाले धन्यवाद दिएका छन्।