Gold
Bangad salyan

पशुपतिनाथ मन्दिर खोल्ने तयारि ,

असोज ४ ,काठमान्डौ – दशैँ निजिकैदै गर्दा भक्तजनहरुलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर खोल्ने तयारि भएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

कोरोना महामारीका कारण झन्डै ६ महिनाबाट पशुपतिनाथ मन्दिर बन्द छ। स्वास्थ्य मापदण्ड पालन अगर्दै दुई मिटरसम्मको भौतिक्दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था मिलाउन लागेको पशुपति विकाष कोषले जनाएको हो ।

पशुपतिनाथका विगतमा खोलिने गरेका ढोकाहरु बन्द हुने छन् ,मन्दिर पुरै परिक्रममा पनि हुने छैन ,मुलढोकाबाट दर्शन गरेर फर्किनुपर्ने ,पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताएका हुन् ।

सरकारले अन्य सेवा क्षेत्रलाई खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राखदै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नहुने बताईएको छ अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ, ।

तेस्तै केहिदिन अगाडी मात्र विश्व हिन्दु परिषद नेपालले पशुपतिनाथ खुल्ला गर्नुपर्ने माग राख्दै विज्ञप्ति सरकारलाई बुझाएको थियो। स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन खुला गर्न पाउने उनीहरुको माग छ।