Gold
Bangad salyan

सुर्खेत गुर्भाकोट ४ सहारेका एक जनाको कोरोनाबाट मृ,त्यु ,

असोज ५ ,सुर्खेत – कोरोना भाईरस संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको बाँकेको भेरि अस्पतालमा मृ,त्यु भएको छ ।

गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृ,त्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतकमा अलामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । प्रदेश अस्पताल सुर्खेतले उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो ।दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् ।

उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए । यो संगै बाँकेमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ११ जना अपुगेका छन् जसमा अन्य जिल्ला बाहिरका हुन्।