Gold
Bangad salyan

सगरमाथा आरोही विश्व रेकर्डर हिउँचितुवा’आङरिता शेर्पाको निधन,

असोज ५ ,काठमान्डौ – विश्व कीर्तिमान सगरमाथा पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको परिवार श्रोतले जनाएको हो ।

अक्सिजन्विनानै आङरिता शेर्पा १० पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्डमा शेर्पाले नाम लेखाएका थिए। सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिता लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

उनको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको । बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।