Gold
Bangad salyan

गोविन्द केसीको समर्थक भन्दै ट्रमा सेन्टरमा पसेर हाँगामा गालि गलौज गरेको भिडियो हेर्नुहोस ,

असोज ९ ,काठमान्डौ – नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गर्ने गालि गलौज ,नर्स ,डाक्टर हरुलाई थुक्ने गरेको भिडियो सार्वजनिक भएको छ ।

गोविन्द केसीको समर्थक हु भन्दै उनले गत ६ गते वीर अस्पतालको ट्रमा सेन्टरमा अभद्र व्यवहारसहित हङ्गामा गरेको भिडियो बाहिरीएको छ।

सत्याग्रहमा बसेका गोविन्द केसीलाई जुम्लाबाट काठमान्डौ ल्याईपछि उनलाई केहि मान्छेले साथमा लागिएको पाईएको छ। उनले गोविन्द केसीको पक्षमा सेतोकोट लगाएर नाराबाजी गर्ने ,ट्रमा सेन्टर भित्र नाच्ने ,गाउने समेत गरेको भिडियोमा देखिन्छ।

ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा अस्वभाविक रुपमा देखापरेकी बरालले आफूले बलात्कारीलाई मात्रै चिन्ने गरेको बोलेको भिडियोमा देख्न सकिन्छ। ट्रमा सेन्टरमा हंगामा गरेपछि बरालले सामाजिक अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गरिन् ।

ज्ञानेन्द्र शाही आएर उनलाई थुम्थुमाएपछि बराल शान्त भइन् र शाहीसँगै बाहिर निस्किइन् ।काउन्सिलकी सदस्यसमेत रहेकी बरालले गरेको हर्कत धेरैजसो बिरामीका आफन्तहरुले क्यामेरामा कैद गरेका थिए ।

ज्ञानेन्द्र शाहीको समूूह तेह पुगेर त्यहाँ रहेका प्रत्येक व्यक्तिको मोबाइल खोसेर भिडियो डिलिट गर्न लगाएको थियो ।

गोविन्द केसीको आन्दोलनमा समर्थन भन्दै भित्रिएको हर्कतको विषयमा बराल कतै मानसिक सन्तुल बिग्रेकी हुन् त भन्नेमा भने अस्पतालमा कार्यरत एक डाक्टरले भने मानसिक सन्तुलन बिग्रेको भए त् एक छिनमा आथिक हुन्दैन ,मदिरा सेवन गरेको जस्तो देखिन्छ उनले भने।

ज्ञानेन्द्र शाही आएर बाहिर लैजाँदा सरासर जाने कसरि मानसिक बिग्रेको होला र अर्की अस्पतालमा काम गर्ने एक नर्सले बताईन।

श्रोत :भिडियो रातोपाटी