Gold
Bangad salyan

नेपालमा आज १३ सय १३ जना कोरोना संक्रमित थपिए,

असोज ९ ,काठमान्डौ – नेपालमा आज थप १३ सय १३ जना नँया कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएसंगै हाल सम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

तेस्तै आजको मिति सम्म कोरोनाबाट ४५९ जनाको निधन भईसकेको छ। तेस्तै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १८२८९ रहेको छ।

जसमा ८२३७ संस्थागत आईसोलेसनमा र १० हजार ५२ जना रहेका छन्। हाल देशभर ६४६४ जना क्वारिन टिनमा अरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।