आज थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि,
असोज १० ,काठमान्डौ – आज नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यो संगै नेपालमा कुल कोरोना संक्रमणको संख्या ७१ हजार ३४१ पुगेको छ । तेस्तै गत २४ घन्टामा ११४७ जना डिस्चार्ज भएपछि हाल सम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। हाल सम्म कोरोनाबाट ४६७ जनाको मृत्यु भईसकेको छ।
आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८३४१ रहेको छ। जसमा संस्थागत आईसोलेसनमा ७८३३ र होम आईसोलेसनमा १०५०८ जना रहेका छन्। देश भरका क्वारिन टिनमा ६३३१ जना रहेका छन्।
तेस्तै देश भरमा २२४ आईसियुमा उपचार्थ छन् भने २७ जना भेनटीलेटरमा उपचार भईरहेको छ।

