सम्झनाको हत्यारा राजेन्द्रका वाबुलेनै माग गरे छोरालाई फाँसी ,
असोज १३ ,बझाङ्ग – १२ वर्षीया बालिका सम्झना विकको हत्या आरोपी स्थानीय २० वर्षे राजेन्द्र बोहरालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
गत असोज ७ गते मष्टा गाउँपालिका ,२ खिकालाकी १२ वर्षीया सम्झनाको गाई वस्तुलाई घाँस हाल्न जाँदा हत्या भएको थियो ।
बोहराले यो भन्दा पहिलेपानी स्थानीय एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको थियो। उक्त घटना गाँउमा पन्चायतले मेलमिलापमा टुंग्याएपछि ठिक एक महिनामा सम्झनाको बलात्कारगरि राजेन्द्र बोहराले हत्या गरेको खुलेको हो।
गत साउनमा बोहराले अर्की दलित १४ वर्षीय बालिकालाई बलात्कार गर्दा गरेको मिलापत्र कागज ,

बलात्कार जस्ता जघन्य घटनालाई अपराधलाई लुकाउनु र मेलमिलापमा लैजानु अपराधीलाई पहोत्सान गर्नु भएको भन्दै स्थानीयले पन्चायतलाई पनि छंबं गर्नुपर्न माग राखेका छन्।
पहिलेको बलात्कार घटना मेलमिलाप गर्नुले हत्याराले अर्को घटना गरेको स्थानीय सरोकार बुद्दिजिविको भनाई छ। तेस्तै हत्यारा आरोपित बोहराका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताएका छन् ।

गत ७ असोजमा सम्झनाको बलात्कारी पछि हत्या गरिएकि बालिका ,
नेपालमा दैनिकजस्तो विभिन्न स्थानमा बालिका बलात्कार र हत्याका घटना घट्ने गरेका छन्। सरकारले घटनामा संलग्न कसैलाई पनि हाल सम्म कडा कारबाही नगरेको कारण घटना अज्हन बढ्दै गएको हुनाले मृत्यदण्डको सजाय कानुनमा अतोक्नापरने महिला सांसदहरुले बताएका छन्।

सम्झनाको हत्यारालाई फाँसीको माग गर्दै कन्चनपुरमा प्रदर्शन ,
सम्झना विकको हत्यारालाई फाँसीको माग गर्दै देशका विभिन्न जिल्लमा प्रदर्शन गरिएको छ।

बलात्कारीलाई फाँसी र नपुसङ्ग गराउने कानुन ल्याउने तयारिमा जुटेका महिला सांसदको बैठक ,
प्रहरीले सम्झनाको हत्यारालाई गर्यो सार्वजानिक ,

