Gold
Bangad salyan

उपत्यकामा डबल कोरोना आज मात्र २५४० जना संक्रमित फेला ,

असोज २२ ,काठमान्डौ – आज देशभर कोरोना संक्रमणको संख्या बढेपछि उपत्यकामा झन्डै डबल संक्रमित देखिएका छन्।

आज काठमान्डौमा २०८५ जना ,भक्तपुरमा १३५ , ललितपुरमा ३२० गरि जम्मा २५४० जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जगेसवर गौतमले बताए।

आज देशभर कुल कोरोना संक्रमितको संख्या ४,३६४ देखिएपछि हाल सम्म देशमा ९८,६१७ पुगेको हो।

हाल देशभर आईसियुमा २३५ ,र भेनटिलेटरमा ४२ जनाको उपचार भईरहेको छ। हाल एक हप्ता भित्रमा काठमान्डौमा १० हजार बढीमा कोरोना संक्रमण बहेको मन्त्रालयले जनाएको छ।

लकडाउन खुल्ला भएसंगै बजारमा चहलपहल बढेपछि उपत्यकामा aकोरोना संक्रमणको संख्या बढेको जगेसवर गौतमले बताए।