मोबाईलको स्क्रिनबाट सर्छ कोरोना भाईरस ,

असोज २६ ,काठमान्डौ – मोबाईलको स्क्रिनमा कोरोना संक्रमण २८ दिन सम्म रहनसक्ने एक अध्यनले बताएको छ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा (कोभिड १९ ) कोरोना भईरस मोबाईलको स्क्रिन ,सिसा ,स्टिलको स्टीनलेसमा सोचे भन्दापनि लामो समयसम्म रहनसक्ने बताएका हो।

यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा गरिएको हो । यूभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको बिबिसीले जनाएको छ ।

यो अघिपनि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस नोट र सिसामा दुई देखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो ।

स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट मानिसलाई सङ्क्रमण फैलिने जोखिमलाई लिएर केहि वैज्ञानिकहरु दुविधामा छन्।

अहिलेसम्म कोरोना भाईरस संक्रमित ब्याक्तिले खोक्दा , हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गरेको विज्ञहरु बताउछन ।