नेकपाको संसदीय राजनीति र कर्णालीको कुर्सी खेल”
किशोर सुवेदी ,
प्रेस संगठन सदस्य कर्णाली प्रदेश ,
असोज २८ , काठमान्डौ – नेपालमा थुप्रै राजनीतिक घटनाक्रमहरु भए।निर्दलिय पन्चायत होस् या निरंकुश शाही शासन फाल्न का निमित्त थुप्रै जनताले प्राणको आहुती दिए भने हजारौं घाइते अंगभंग छन त सयौं को संख्यामा अहिले ले पनि बेपत्ता छन।
हिजो त्यसरी संघर्षको भट्टी बाट खारिएर आएका नेताहरुले गणतन्त्रको जग बलियो बनाउनुको सट्टा कुर्सी केन्द्रित राजनीति गरिरहे र अहिले पनि गरिरहेका छन् जसको ज्वलन्त उदाहरण हो अहिले भैरहेको कर्णाली को कुर्सी केन्द्रित राजनीति ।
सिद्धान्त , दर्शन , आदर्श र नैतिक पक्षलाई पूर्णतः बिर्सिएर निहित स्वार्थमा केन्द्रित भए।कम्युनिष्ट पार्टी सर्वहारावर्गको सामाजिक स्वार्थमा केन्द्रित रहेर काम गर्ने पार्टी हो।
सर्वहाराका चर्का नारा घन्काउदै नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरु जन्मिए तर उनीहरुले पनि सर्वाहाराका लागि केही गर्न सकेनन् केवल उनिहरुलाइ निहित स्वार्थको लागि उपयोग मात्रै गरेको जस्तो देखियो।
जुन ब्यवहार कम्युनिष्टहरु सत्तामा गैसकेपछी प्रमाणित जस्तै गरिदिए।तत्कालीन कम्युनिष्ट पार्टी एमाले होस् या माओवादी दुबै पार्टी लाई हुर्काउने , बढाउने र मलजल तिनै सर्वाहारा वर्गीय आम जनताले गरेका थिए ।
जसले हिजो आफ्नो ज्यानको प्रवाह नगरी सामन्ती राज्यसत्ताका विरुद्ध धावा बोल्दै मृत्युलाई स्वीकार गर्दै युद्ध गरे संघर्ष गरे आज त्यही वर्ग खाडि मुलुकमा रगत र पसिना बगाउन बाध्य छ।हजारौं अंगभंग भएका योद्धाहरु को हरिबिजोग छ।
इमानदार र नैतिकवान नेताकार्यकर्ताहरु को सहि मुल्यांकन छैन ।पार्टीबाहिरका अवसरवादी र प्रतिक्रियावादीहरु पार्टी भित्र प्रवेश गर्ने नेतृत्वको चाकरी र चाप्लुसी गर्दै पुर्ण बफादारीता प्रकट गर्दै कम्युनिष्ट पार्टी लाई खिया लगाउने काम गरिरहेका छन।यसप्रति नेतृत्वको घैटो मा घाम कहिले लाग्ने।
पार्टी भित्र चलिरहेको अस्वस्थ अन्तरसंघर्षले पार्टी लाई बदनाम गराउछ या ध्वस्त बनाउछ।नेपालको इतिहासमा अहिले झन्डै दुई तिहाई को कम्युनिष्ट सरकार छ तर आम सर्वहारा जनताका न्युनतम आवश्यकताहरु पूरा गर्न सकिरहेको छैन ।
खान नपाई भोगभोकै बस्नुपर्ने बाध्यता छ।शिक्षा , स्वास्थ्य , रोजगारी त परै को कुरा हो।खाने गाँस र बस्ने बाँस को ठेगान छैन ।यति ठुलो कम्युनिष्ट पार्टीको सरकारले यति काम पनि गर्न नसक्नु लज्जाको विषय हो।
नेपालमा नेकपाको सरकार गठन भएपछि त्यही अनुसारको कार्य गर्नुपर्ने थियो।तर सरकार गठन भएको तीन वर्ष पुग्न लाग्दा पनि जनताले नेकपा प्रती गरेको विश्वासलाई उपेक्षा गरेको प्रष्ट देखिन्छ र बुझ्न सकिन्छ ।
यतिसमय बितिसक्दा पनि हाम्रो नेकपा सरकारले उत्पीडित सर्वहारा वर्गको पक्षमा ठोस काम गर्यो कि ? सधैं आम जनतालाई भ्रमको खेती गरेर दलालहरु लाई पक्षपोषण गर्ने काम गर्यो? अपेक्षा नै गर्न नसकिने प्रश्न आम सचेत नागरिक वर्गमा उब्जिएको छ।
नेकपा भित्र पनि केही हिस्सा पार्टीले लिएको नीति र मार्ग लाई लत्याउदै मैमत्ता भएर हिडिरहेका छन् ।भ्रष्टिकरण र दलालीकरणलाई प्रसय सरकारले दिइरहेको देख्दा यति छिट्टै समाजवादी उद्देश्यलाई लत्याउदै किन सरकार दलाल पुजिवादतिर लम्किरहेको छ भनेर आम शुभचिन्तकहरु चकित परिरहेका छन।
नेकपालाई सहि मार्गमा हिंडाउनुपर्छ, खराब गतिविधिका विरुद्ध बोल्नुपर्छ भन्ने स्वर झिनो बन्दै गैरहेको छ।जसले गर्दा अहिले को यो हाम्रो दुई तिहाईको कम्युनिष्ट सरकार दलाल पुजीवादीहरुको चङ्गुलमा फसिसकेको त छैन भन्ने चिन्ता र चासो आम सचेत वर्गमा परेको छ।जुन वर्गको बलमा नेकपाले सरकार बनाउने हैसियत राख्यो।
त्यो वर्गलाई नै नेकपाले धोका दियो भन्ने बहस पनि सुनिन थालेका छन् ।यदि नेकपाले हिजो जनतामा देखाएका सपनाहरूमा तुसारापात गर्दै गयो भने नेपालमा कम्युनिष्ट पार्टी सकिन आइतबार कुरिरहनु पर्दैन ।
सरकारले श्रमजीवी सर्वहाराका आवश्यकतालाई प्राथमिकताका साथ नबुझ्ने र कार्य गर्न नसक्ने तर पुजीवादीले भिराइदिएका प्राथमिकतालाई बोक्ने भरिया बन्ने हो र उनै पुजीवादी बिचौलियाको मतियार बन्ने हो भने सरकारी नेकपा को भविष्य कस्तो छ ? कुनै ज्योतिषीलाई हेराउनु नपर्ला।
अहिले नेकपामा बहुरंगि मान्छेहरु थुप्रै संख्यामा छन भन्दा अनर्थ नहोला।साधुसन्तदेखि , आवारा , हत्यारा, चोर , ठग , सबै भएको पार्टीमा आर्थिक रूपमा सर्वहारा सुकुम्बासी देखि खर्वपती ब्यापारी सम्म यहि पार्टीमा छन् ।
कम्युनिष्ट पार्टी बिधि सम्मत तरिकाले नचल्दा थुप्रै समस्याहरु सिर्जना भएका छन् ।जसले जे मन लाग्यो बोल्दिएको छ ब्यक्तिगत स्वार्थको लागि पार्टीको विधि बिधान नै मिचिदिएको छ।
सानासाना कार्यदेखी ठुलठुलो कार्यहरुमा पार्टीकै नेता हावी भएको छ यो पनि गुटबन्दी को आधार मा अनि कसरी कम्युनिष्ट पार्टीलाई जनताको पार्टी भन्न मिल्छ र गराउन सकिन्।
हिजो सम्म राजनीति को र नजान्ने त्यही आज एकाएक नेता टोपलिएको छ ।उसैले आफुलाइ ठुलै नेता सम्झिन्छ र हिजो पार्टी राजनीतिमा लामो समय ब्यतित गरेका नेताकार्यकर्ता लाई उपेक्षा को भासा प्रयोग गर्छ नैतिकता र इमानदारीता को कुरै छैन।
भ्रष्ट र दलालगिरिको फन्दा मा नेपाल कम्युनिष्ट पार्टी फस्दै गैरहेको छ।अहिलेको राजनीतिक हरिबिजोग त यस्तो छ यस्ता भ्रष्ट र दलाल मार्फत प्रशिक्षण लिएका नेताकार्यकर्ता बाट भोलिको समाज कता जाला सजिलै आकलन गर्न सकिन्छ।
नैतिकवान र ईमानदार नेतृत्व ले खराब का विरुद्ध शुद्धीकरण को अभियान सुरु गर्ने आट गरेको देखिदैन।खाली भ्रष्ट र दलालको मखदर्शक भएको देखिन्छ।
अहिले नेकपाको कुर्सी विवाद केन्द्रदेखि प्रदेशसम्म पुगेको छ।
जसको ज्वलन्त उदाहरण हो कर्णालीका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव ।गएको आइतबार कर्णालीका मुख्यमन्त्री विरुद्ध अफ्नै दलका १८ जना सांसदले हस्ताक्षर गरि संसदीय कार्यलयमा बुझाएका छन् ।
हस्ताक्षर गर्नेमा पुर्व एमाले बाट १५ जना सांसद छन भने पुर्व माओवादी भित्रका ३ जना सांसद रहेका छन।हस्ताक्षर पुर्व एमालेका नेता तथा हाल कर्णाली प्रदेश नेकपा का सह- इन्चार्ज यामलाल कडेलको नेतृत्वमा भएको हो।
उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा नलागी प्रदेश सभा का सांसद भएका थिए।तर भागबन्डामा चलेको नेपालको राजनीतिमा यामलाल लागि चिट्ठा यो प्रदेशमा परेन।
पुर्व एमाले ले ४ र पुर्व माओवादी ले २ मुख्यमन्त्री लिने केन्द्र पार्टीको सहमतिका आधारमा १,३,४ र ५ एमाले को भागमा पर्यो भने ६ र ७ पुर्व माओवादी को भागमा पर्यो।माओवादी को तर्फबाट महेन्द्र बहादुर शाही मुख्यमन्त्री बने देखि नै यामलाल को असन्तुष्टि रह्यो।
त्यही असन्तुष्टि पटकपटक बाहिर आए पनि आफ्नै गुटभित्र र माओवादी खेमा का सांसदको साथ नपाउदा खुम्चिनु परेको थियो यामलाल लाई।अहिले मन्त्री को कुर्सी पाउने दाउमा नेकपा का महुमत सांसदले आफ्नै सरकार विरुद्ध हस्ताक्षर गरेको बुझिन्छ।
होइन भने नीति विधि र सहमति लाई पालना गर्दै रचनात्मक सहयोग गर्न सकिन्छ तर त्यसो गरेको देखिदैन।नेकपा कर्णाली प्रदेशको विवाद ले केन्द्र लाई समेत तरंगित बनाएको देखिन्छ।
नेकपा मा नयाँपन खासै देखिदैन ।जब पुरानै तरिकाले नयाँ लक्ष्य हासिल गर्न सकिदैन तब नयाँ नीति , विधि,कला, इच्छाशक्ति र नैतिक सम्पती भएको नयाँ नेतृत्व पार्टी र देशले अपेक्षा गर्छन।नयाँ नेतृत्व भनेको ब्यक्ति मात्रै फेरिदैन, नयाँ सोच , मान्यता , लक्ष्य र प्रतिबद्धता पनि नयाँ आधारमा हुन्छ।
नेपालमा बहुदलीय ब्यवस्था आयो तर आनिबानी सामन्ती नै रह्यो।गणतन्त्र आयो तर श्रीपेजबिनाको राजा बनायौ।यसमा पार्टी दोसि होकि बिचार प्रष्ट हुन जरुरी छ।हामी समाजवाद उन्मुख दिशामा छौ भन्दैछौ।
पार्टी विचारमा बिधिमा चलेमात्रै समाजवादमा जान सकिन्छ।जानेनै समाजवाद मा हो तर अहिलेकै अवस्थामा त्यो बाटो तय भएको देखिदैन।देशको विकासलाई पछि पार्ने विश्वासघाती ठेकेदारहरु, बिचौलिया , विदेशी एजेन्टहरु र कालाबजारीहरुको मात्रै हित हेरेपछि समाजवाद त चरी को दुध मात्रै बन्छ।
त्यसैले अहिलेको नेकपा सत्ता नामको हड्डी चुस्नमा ब्यस्त नभई समाज र रास्ट्र हितको काम मा अघि बढनुपर्छ।यसले मात्रै नेकपालाई बचाउछ र रास्ट्रलाई अघि बढाउछ।

