नेपालमा फेला पर्यो उड्ने सर्प ,
असोज २८ ,दाङ – नेपालमा पहिलोपटक अनौठो सर्प भेटिएको छ ,घोराही उपमहानगरपालिका वडा ,२ सुर्केडाँगीमा फेलापरेको अर्नेट फ्लाइङ स्नेकलाई स्थानीयले मारेको भेटिएको पाईएको हो।
झन्डै डेढ मिटर लामो सर्प मरेको अवस्थामा आफुलाई प्राप्त भएको घोराहीका वसन्त सुवेदीले बताए। सुवेदीले करिब तिन वर्ष पहिलेबाट सर्पको उद्दार गर्दै आईरहेका छन्।
कसैले आफुलाई अनौठो सर्प फेला परेको जानकारी गरेपनि आफु त्यो क्षेत्रम अपुग्दा स्थानीयले मारिसकेको बताए।
अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प सजिलै एक रुखबाट अर्को रुखमा उडेर जाने गर्दछ ,जसलाई स्थानिले उड्ने सर्प समेत भन्ने गर्दछन।
यो सर्पले सिधै बच्चा जन्माउने गर्दछ ,अन्य सर्पले भने बच्चा जन्माउन अन्डा पार्नुपर्ने हुन्छ।
यो सर्प देख्दा निकै सुन्दर छिरिबिरे रंगीन कलरको हुन्छ ,यसको वास्थान धेरै जस्तो तराईक्षेत्रमा हुने वसन्त सुवेदीले बताए। कतिपय स्थानीयले भने यो सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्ने गर्दछन।