Gold
Bangad salyan

आज नेपालमा थप २६३८ जना नँया कोरोना संक्रमित फेला,

असोज २८ ,काठमान्डौ – आज नेपालमा थप २६३८ जना नँया कोरोना संक्रमित थपिएका छन्। तेस्तै आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३६३६७ रहेको छ।

जसमा संस्थागत आईसोलेसनमा १४८१९ र होमाईसोलेसनमा २१५४८ रहेका छन्। गत २४ घन्टामा १३९४७ पीसीआर परिक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभरका क्वारिन टिनमा ४६६६ जना रहेका छन् भने गत २४ घन्टामा २१७४ जना डिस्चार्ज भएपछि कोरोनाबाट निको हुनेको संख्या ८०९५४ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जनाको निधन भएपछि हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।