Gold

विपद व्यवस्थापनको लागि नेपाललाई जापानले दियो ६८ करोड २२ लाख सहयोग ,,

Naumule Migrate

जेठ, ४ काठमाडौं – जापान सरकारले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

नेपालमा भुकम्पपछिको पुनर्निर्माण , बाढी पहिरो लगायतमा खर्च गर्ने उल्लखे गरियको छ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विपद्व्यावास्थाको लागि भनेर छुट्टाईयको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदूत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थ सचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराए ।

जापान लगातयत अन्य देशले भुकम्पपिडित लाई भनेर दियको पैसा सरकारले अहिले सम्म सहि तरिकाले नबाँडेको देखिन्छ ।

किस्ता किस्तामा रकम दिने भन्दै आसा देखायपनी अहिले सम्म कुनै पनि पीडितले राहत नपायको गुनासो छ ,।

वैदेशिक तवर बाट आयको पैसा सहि ठाँउमा लागु हुने गरि परिचालन होस् ।,पिडितको घाउमा मलम लगाईयोस सरकार ..हात्ती आयो ,फुस्सा नहोस ,।

Naumule Badhipahiro