प्रहरीको लाठ्ठीबाट कांग्रेसनेता राम चन्द्र पौडेल घाईते साँझ सम्म छोडिने ,

मंसिर १८ ,दमौली – तनहुँको व्यास नगरपालिका १ मा रहेको बुल्दी पुल उद्घाटन विवादमा प्रहरीसँग भएको झडपमा परी नेपालि कांग्रेसका बरिस्ठ नेता राम चन्द्र पौडेल घाईते भएका छन्।

प्रहरी कार्यालयमा रहेका पौडेलको अहिले स्वास्थ्यमा समेत समस्या देखिएको छ। पौडेलको रिहाईको लागि अहिले दमौलीको मुख्य चोकमा प्रदर्शन भईरहेको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले पौडेलका अनुसार नेता राम चन्द्र पौडेल प्रहरी कार्यालयमा सुरक्षित रहेको र निषेधाज्ञापछि उनलाई छोडिने बताए।

तेस्तै आफूमाथि सुनियोजित आक्रमण भएको समेत पौडेलले रंग दर्पणलाई बताएका छन्।

पौडेलसंगै नेपालि कांग्रेसका अन्य नेता संविधानसभा सदस्य रामचन्द्र पोखरेल ,कांग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाईते भएको र उनीहरुपनि प्रहरी कार्यालयमा रहेका छन्।