Gold
Bangad salyan

कांग्रेसले गर्यो देशव्यापी रुपमा शक्ति प्रदर्शन ,आन्दोलन नरोकिने ,

मङ्सिर २९ ,काठमान्डौ – नेपालि कांग्रेसले आज देशब्यापी रुपमा आन्दोलन गरेको छ। वर्तमान कम्युनिस्ट सरकारले आफुहरुलाई र जनतालाई सडकमा आउन बाध्य बनाएको भन्दै कांग्रेसले देशभरका जिल्लामा शक्ति प्रदर्शन गरेको हो।

उनीहरुले पार्टीको झन्डा र नेपालको झण्डा राखेर समेत प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारविरुद्द नाराबाजी गरेका छन्। सरकारलाई ठेगाना नलगाएसम्म कांग्रेसको आन्दोलन नरोकीने कांग्रेस नेता गगन थापाले बताए।

तेस्तै कम्युनिस्ट सरकारका कारण अहिले राजावादी सल्बलाएको र सरकारनै राजावादी संग मिलेको सभापति शेर बहादुर देउवाले बताए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो पंचायतमा रूख रोप्दा टाउको फुट्थ्यो, अहिले कम्युनिस्ट पालामा पुल बनाउँदा करङ भाँचियको सम्बोधनका क्रममा बताए। काठमान्डौको शान्तिवाटिकामा भएको कांग्रेसको सभालाई पौडेलले सम्बोधन गरेका थिए।

कांग्रेसका विभिन्न नेताले विभिन्न जिल्लामा पुगेर जनताको सामु सम्बोधन गरेका छन्। अहिलेको सरकार भ्रस्टचार ,बलात्कारी र निरकुशमा लिप्त भएको कांग्रेसले आरोप लगाएको छ।

आन्दोलनका क्रममा औषधि छैन मल छैन ,सत्ताको लडाई लाज छैन ,नेपालि कांग्रेस जिन्दावाद लोकतान्त्रिक समाजवाद जिन्दावाद ,बढ्यो महिला हिँसा र बलात्कारका पोस्टर लेखेर कांग्रेसले देशभरमा शक्ति प्रदर्शन गरेको हो।