Gold
Bangad salyan

श्रमको मूल्य लिन आन्दोलन गर्नुपर्ने यो राम्रो संकेत होइन, गायक बद्रि पंगेनी (भिडियो) ,

मङ्सिर २९ ,काठमान्डौ – विगत ४ वर्षबाट उखु किसानहरुले आफ्नो बक्यौता रकम नपाएपछि उखु किसानहरुले माईतिघर मण्डलामा आन्दोलन गरेका छन्। उनीहरु सर्लाहीबाट सरकारसंग आफ्नो परिश्रमको पेशा लिन काठमान्डौ आएका हुन्।

गत वर्षपनि किसानले माईतिघरमा आन्दोलन गरेका थिए ,सरकारले किसानको बैंक खातामा रकम पठाउने प्रतिबद्दता गरेपछि उनीहरु फिर्ता भएका थिए।

तर अहिले सम्म पैसा फिर्ता नआएपछि उनीहरु सर्लाहीबाट काठमान्डौ आएर आन्दोलन गरेका छन्। उखु किसानको हक हितकोलागि गायक बद्रि पंगेनी माईतिघर मण्डलामा पुगेका छन्।

बिरालोले मुसा खेलाएजस्तो किसानलाई खेलाउन नहुने गायक पंगेनीले बताए। श्रमिकले आफ्नो श्रमको मूल्य पाउनलाई आन्दोलन गर्नुपर्ने अवस्था हो भने यो राम्रो संकेत नभएको पंगेनीले जानकारी गरे।

उखु किसानले ९० करोड रकम बक्यौता पाउनुपर्ने बताएका छन्। यो रकम जुनसुकै मन्त्रालयसंग जोडीएको छ ,किसानका माग सम्बोधन हुनुपर्छ र रकम तत्काल उपलब्ध गराउनुपर्ने भन्दै गायक पंगेनी जंगीएका थिए।

किसानले पैसा नपाएसम्म आफु आन्दोलनमा सरिग हुनेपनि उनले प्रतिबद्दता जनाए।गायक पंगेनीले उखु किसानको पक्षमा यो व्यवस्था चाहिदैन किसान मार्न पाइदैन बोलको गित समेत गाएका थिए।,