देशमा अनिस्ठ हुनसक्ने नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङ पाथीभरा क्षेत्रमा भीषण आगलागी

पुष १३ ताप्लेजुङ – नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा भीषण आगलागि भएको छ । लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जो‘खिममा परेको हो।

स्थानीय सामुदायिक वनमा लागेको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आ‘गो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको महतले जानकारी दिए।

आगो निभाउन हेलिकोप्टर बाहेक नसकिने र जस्मा सरकारको ध्यान पुग्नुपर्ने ताप्लेजुङबासीको भनाई रहेको छ ।आगो निभाउन पाँचदिनबाट तिनवटै सुरक्षानिकाय पाथिभराका कर्मचारी स्थानीय खटिरहेका छन् तर अहिले आगो मन्दिर नजिक समेत आईसकेको छ।