प्रचन्ड नेपाल समूहले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो,

पुष २० ,काठमान्डौ – नेकपा प्रचन्ड नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।

नेकपा दाहाल नेपाल समूहको आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।

तेस्तै समूहले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ । आजको बैठक माधव कुमार नेपालको अध्यतामा बसेको थियो ,अध्यक्ष प्रचण्ड पत्नी सितादाहालको उपचारको लागि मुम्बई गएका छन्।